अनुज, नविन, राजन र लक्ष्मण रेवान कपको सेमिफाइनलमा

पाेखरा | चैत ३, २०७९

अनुज, नविन, राजन र लक्ष्मण रेवान कपको सेमिफाइनलमा

पोखरा:  अनुज कुमार बाँस्तोला, नविन श्रेष्ठ, राजन पौडेल र लक्ष्मण तामाङ पोखरा रंगशालामा जारी तेस्रो रेवान कप टेनिस प्रतियोगिताको एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । 


कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको क्वाटर फाइनल खेलमा कुमार बास्तोलाले पोखराको दोश्रो वरियतामा रहेका भट्टराईलाई ६–३ र ७–६ को सेटमा पराजित गरे । त्यसैगरी नविन श्रेष्ठले चौंथो वरियतामा रहेका विकास गुरुङलाई ६–१ र ६–२ को सेटमा पराजित गरे ।


पोखराको शिर्ष वरियता प्राप्त राजन पौडेलले शरण गुरुङलाई ६–३ र ६–४ को सेटमा तथा लक्ष्मण तामाङले कर्ण तामाङलाई ६–१ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम चारमा आफ्नो नाम लेखाउन सफल भएका हुन्  । अब फाइनल प्रवेशका लागि अनुजले नविनसँग तथा राजनले लक्ष्मणसँग प्रतिस्पर्धा गर्नेछन् ।


प्रतियोगिता अन्तर्गत डबल्सतर्फको क्वाटरफाइनलमा गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेलको जोडीले इन्द्र गुरुङ र इन्द्र गुरुङको जोडीलाई ४–६, र ६–१ र सुपरटाईमा १०–४ ले पराजित गरे । त्यस्तै, पदम गुरुङ र हुम आलेको जोडीले अनिल तुलाचन र लक्ष्मण तामाङको जोडीलाई ६–३ र ६–४ ले तथा राजन पौडेल र लोक गुरुङको जोडीले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ७–६ र ६–२ ले पराजित गरे ।


अर्को क्वाटरफाइनलमा अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीले भिष्मराज पौडेल र माधव भण्डारीको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । प्रतियोगिताको सेमिफाइनल खेल शनिबार बिहान हुने टुर्नामेण्ट डाइरेक्टर शक्ति सर्माले जानकारी दिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्